दमक। दुबईमा जारी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा समुह ए बाट अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको छ।
सोही समुहबाट इङ्ल्यान्ड यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको थियो। अष्ट्रेलियाले समुहको अन्तिम खेलमा वेष्टइन्डिजलाई ८ विकेटले पराजित गरेको थियो।
समान ८ अंक जोडेको दक्षिण अफ्रिका भने इङ्ल्यान्डलाई १० रनले पराजित गरे पनि प्रतियोगिताबाट बाहिरिएको छ। नेट रनरेटका आधारमा दक्षिण अफ्रिका बाहिरिएको हो।
उता समुह बी बाट सेमिफाइनल प्रवेश गर्ने अर्को टोलीको टुंगो आज लाग्ने छ । आज न्युजिल्याण्डले अफगानिस्तानलाई पराजित गरे इण्डियाको सेमिफाइनल प्रवेशको सपना चकनाचुर हुनेछ।
प्रतिकृया