दमक। श्रीलंकालाई रनले पराजित गर्दै इङ्ल्यान्ड दुबईमा जारी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ। उसले श्रीलंका माथि २६ रनको जित हासिल गरेको हो।
सारजाहामा टस हारेर ब्याटिङ गरेको इङ्ल्यान्डले प्रस्तुत गरेको एक सय ६४ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको श्रीलंका खेल सकिन ६ बल अगावै मात्र एक सय ३७ रनमा समेटिएपछि इङ्ल्यान्ड २६ रनले विजयी भएको थियो। पराजयसँगै श्रीलंका भने समुह चरणबाटै बाहिरिएको छ।
यसअघि टस हारेर ब्याटिङ गरेको इङ्ल्यान्डका ओपनर जोस बटलरले जारी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटकै पहिलो शतक प्रहार गरेसँगै इङ्ल्यान्डले श्रीलंका सामु जितका लागि एक सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
बटलरले अन्तिम बलमा छक्का प्रहार गर्दै शतक प्रहार गरेसँगै इङ्ल्यान्डले ४ विकेटको क्षतिमा एक सय ६३ रन जोडेको थियो । बटलरले ६७ बलमा ६ चौका र ६ छक्का प्रहार गरेका थिए।
त्यस्तै कप्तान इओइन मोर्गानले ३६ बलमा एक चौका र ३ छक्का प्रहार गर्दै ४० रनको योगदान दिएका थिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकको रन जोड्न सकेनन्।
प्रतिकृया