दमक। ओपनर जोस बटलरले जारी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटकै पहिलो शतक प्रहार गरेसँगै इङ्ल्यान्डले श्रीलंका सामु जितका लागि एक सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
बटलरले अन्तिम बलमा छक्का प्रहार गर्दै शतक प्रहार गरेसँगै इङ्ल्यान्डले ४ विकेटको क्षतिमा एक सय ६३ रन जोडेको थियो । बटलरले ६७ बलमा ६ चौका र ६ छक्का प्रहार गरेका थिए।
त्यस्तै कप्तान इओइन मोर्गानले ३६ बलमा एक चौका र ३ छक्का प्रहार गर्दै ४० रनको योगदान दिए। अन्य ब्याट्सम्यानले भने दोहोरो अंकको रन जोड्न सकेनन्। श्रीलंकाले अहिले जबाफी ब्याटिङ शुरु गरेको छ।
प्रतिकृया