दुबई। ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार जित हासिल गरेको छ। पहिलो खेलमा भारतमाथि शानदार जीत हासिल गरेको उसले दोश्रो खेलमा न्युजिल्याण्डलाई ५ विकेटले पराजित गरेको छ।
न्युजिल्याण्डले प्रस्तुत गरेको १ सय ३५ रहेको लक्ष्य पाकिस्तानले खेल सकिन ८ बल अगावै पुरा गर्दै प्रतियोगितामा लगातार दुई जित हासिल गरेको हो।
उसलाई जीत दिलाउन आशिफ अलिले २७ तथा सोएब मल्लिकले २६ रनको अविजित यात्रा तय गरे । त्यस्तै ओपनर मोहम्मद रिजवानले ३३ रनको योगदान दिए।
यसअघि टस हारेर ब्याटिङ गरेको न्युजिल्याण्डले ८ विकेटको क्षतिमा १ सय ३४ रन जोडेको थियो। उसका डेभोन कन्वेले २७ तथा कप्तान कान विलियमसनले २५ रनको योगदान दिएका थिए।
जितसँगै पाकिस्तानको २ खेलबाट ४ अंक भएको छ। उ समुहको शिर्ष स्थान छ। दोश्रो स्थानमा अफ्गानिस्तान छ। उसको २ अंक छ।
प्रतिकृया