दुबई । दुबईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा अहिले इण्डिया र पाकिस्तानबीच खेल भइरहेको छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको इण्डियाले पाकिस्तान सामु जितका लागि एक सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
खराब शुरुवात गरेको इण्डियाका लागि कप्तान बिराट कोहलीले ५७ तथा रिसब पन्तले ३९ रन जोडेपछि इण्डियाले पाकिस्तान सामु जितका लागि एक सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको हो।
यसअघि इण्डियाका ओपनर रोहित शर्मा गोल्डेन डक आउट भएका थिए भने केएल राहुल ३ तथा सूर्य कुमार यादव ११ रनमा पेबेलियन फर्किएका थिए। त्यस्तै रबिन्द्र जडेजाले १३ तथा हार्दिक पाण्डेले ११ रनको योगदान दिए। पाकिस्तानले अहिले जबाफी ब्याटिङ गरिरहेको छ।
प्रतिकृया