विराटनगर। बेमौसमी झरीका कारण १ नम्बर प्रदेशमा गएको तिन दिन यता बाढी पहिरोबाट ६२ जनाको मृत्यु भएको छ। त्यस्तै २० जना घाईते भएका छन् भने १३ जना बेपता भएका छन् । सयौ घर डुवानमा परेका छन् ।
प्रदेश १ मा सबै भन्दा बढी पाँचथर जिल्लामा मानवीय क्षति भएको छ । पाँचथर जिल्लामा मात्र २८ जनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन्। ६ जना बेपत्ता भएका छन् ।
पाँचथरको कुम्मायक गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकामा पहिरोले घर पुरिदा २८ जनाको मृत्यु भएको हो भने १० जना घाईते र ६ जना बेपत्ता भएका हुन् ।
यसैगरी ईलाम जिल्लाको फाकफोकथुम गाउँपालिका, सुर्योदय नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा बाढी पहिरोको कारण १४ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन्। १ जना बेपत्ता भएका छन् ।
यस्तै धनकुटाको चौबिसे गाउँपालिकामा बाढी पहिरोकै कारण ७ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । सुनसरीको धरान उपमहानगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१२ मा १ जनाको मृत्यु भएको छ ।
भोजपुरको रामप्रसास राई गाउँपालिका-६ मा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ भने उदयपुरको त्रियुगा नगरपालिका र उदयपुर गढी गाऊपालिकामा बाढीका कारण १/१ जनाको मृत्यु भएको छ ।
बेमौसमी झरीका कारण सयौ घर डुबानमा परेका छन् भने ४ हजार भन्दा बढी मानिसहरु बिस्थापित भएकाे प्रहरीले जनाएको छ।
डुवान भएको क्षेत्रमा सुरक्षाकर्मी परिचालन भई बिस्थापित भएका मानिसहरुलाई सुरक्षित स्थान तर्फ स्थानान्तरण गर्ने कार्य भईरहेको छ ।
हाल सम्म १ नम्बर प्रदेश भरी ५ हजार ९५ जना प्रहरी जनशक्ती उद्धार कार्यमा परिचालन भईरहेका छन् भने बााँकी प्रहरी तयारी अबस्थामा रहेकाे प्रदेश प्रहरीले जनाएको छ।
प्रतिकृया