दमक। झापाको दमकमा आजदेखि शुरु हुने भनिएको मेयर कप फुटबल प्रतियोगिता स्थगित भएको छ।
अविरल वर्षाका कारण खेल मैदानमा पानी जमेपछि खेल स्थगित गर्नु परेको नगर फुटबल समितिका अध्यक्ष मोहन मगर मीनले जानकारी दिनुभयो। उहाँका अनुसार मैदानमा पानी अत्याधिक भएकोले खेल संचालन गर्न अझै केही दिन सम्भब छैन्।
उहाँले अर्को सूचना जारी नभएसम्मका लागि खेल स्थगित भएको सामाजिक संजाल मार्फत पनि जानकारी गराउनु भएको छ।
बर्षाले स्टेज समेत भत्काएको छ भने खेल मैदानमा करिब एक फुट पानी जमेको छ। प्रतियोगिता संचालनका लागि सम्पूर्ण तयारी पूरा भएको थियो।
आज दिउँसो रेफ्री शुशिल तामाङ सहित खेलकुद समितिको टोलीले खेल मैदानको निरिक्षण समेत गरेको थियो।
प्रतिकृया