सुनसरी । सुनसरी बराहक्षेत्र नगरपालिका-७ संगम चौकका ४७ बर्षीय अर्जुन खड्काको रुखबाट लडेर मृत्यु भएको छ ।
आज बिहान बराहक्षेत्र नगरपालिका-८ मा रहेको जंगलमा साजको रुखमा चढी बाख्रालाई घाँस काट्ने क्रममा अचानक लडि घाइते भएका उनको घोपा क्याम धरानमा उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया