दमक। सामाजिक कार्यमा सक्रिय रहँदै आएको पहिलो पाइला दमकले रत्ना ज्येष्ठ बृद्धा आश्रम दमकलाई सहयोग गरेको छ। यादब बस्नेतको बार्षिक पुन्यतिथि पारेर स्वर्गीय बस्नेतको दिदिहरु मञ्जु, मिना र तुलसाले पहिले पाइला मार्फत सहयोग गरेको पहिले पाइलाका अध्यक्ष दिपक खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार आश्रममा बिहान खाना खुवाउने कार्य सम्पन्न गरिएको थियो।
त्यसपछि आश्रमका लागि कपडा, फलफूल तथा अन्य अत्यावश्यकीय सामान सहयोग गरेको पनि अध्यक्ष खड्काले जानकारी दिनुभयो।
संस्थाका सल्लाहकार राजु खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आश्रमकी संचालिका अर्चु सुनुवार, मञ्जु बस्नेत, सरिता बिष्ट लगायतको उपस्थिति रहेको थियो।
सबिना साम्पाङ्गले स्वागत मन्तव्य राखेको कार्यक्रम संस्थाका सचिव मेघनाथ फुयाँलले संचालन गर्नु भएको थियो।
प्रतिकृया