दमक। झापाको दमकमा जारी प्रदेश स्तरीय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगितामा नेपालका दुई फिडे मास्टरले पनि सहभागिता जनाएका छन्।
फिडे मास्टर मनिष हमाल र रुपेश जैस सहभागी छन्। चार दिन सम्म चल्ने प्रतियोगिताको पहिलो दिन दुई राउण्डका खेल सकिएको छ। दुई राउण्डको खेल सकिँदा सम्म ८ जनाको समान २ अंक छ।
८ अंक हुनेहरुमा फिडे मास्टर द्वोय रुपेश जैसवाल र मनिष हमाल, क्यान्डिडेट मास्टर कृष्ण थापा, विश्व विजय घिमिरे, पुरुषोत्तम सिलवाल, प्रेम लिम्बु, सबिन आचार्य र बसन्त लामा छन्। पहिलो राउण्डमा मिसन दाहाललाई पराजित गरेका जैसवालले दोश्रो राउण्डमा विजय मगरलाई पाखा लगाए ।
त्यस्तै पहिलो राउण्डमा धुर्व खड्कालाई माथ दिएका हमालले दोश्रो राउण्डमा जिवन मैनालीलाई पाखा लगाए । पहिलो राउण्डमा एन्जल घिमिरेलाई पराजित गरेका क्यान्डिडेट मास्टर थापाले दोश्रो राउण्डमा अविरल राईमाथी जित निकाल्दा विश्व विजय घिमिरेले याम प्रसाद लिम्बुलाई, पुरुषोत्तम सिलवालले राजकुमार बान्तवालाई पराजित गर्दै लगातार दुई राउण्डमा जित हासिल गरेका हुन्।
भोलि एक राउण्ड खेल हुने चिफ आर्बिटर भुपेन्द्र निरौला निरजलेे जानकारी दिनुभयो। प्रतियोगिताको प्रथम हुनेले नगद २१ हजार प्राप्त गर्ने छन् भने दोश्रो हुनेले १७ हजार, तेश्रो हुनेले नगद १५ हजार हात पार्ने छन्।
प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट सहितलाई गरी एक लाख ८० हजार पुरस्कार प्रदान गरिने छ। दमक नगर बुद्धिचाल समितिको आयोजनामा जारी प्रतियोगितामा ५० खेलाडीको सहभागिता रहेको छ।
प्रतिकृया