दमक। संविधान सभा सदस्य तथा नेकपा एमालेका नेता दिपक कार्कीले नेपालको परिवेशमा तीन तहको सरकारको आवश्यकता नभएको बताउनु भएको छ।
शुक्रबार झापाको दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै संविधान सभा सदस्य कार्कीले यस्तो बताउनु भएको हो।
उहाँले भन्नुभयो,” नेपालको परिवेशमा तीन तहको सरकारको आवश्यकता रहेनछ, दुई तहको सरकार भए पुग्ने रहेछ, मलाई त अहिले यस्तो पो लाग्न थालेको छ।” उहाँले संविधान बनेपनि जनताले केहि पाउन नसकेको पनि बताउनुभयो।
त्यहि आम्दानी श्रोत अरु केही आउदैन, विकासमा आएको बजेटलाई नै सेवासुविधामा परिणत गरेर जानुपर्छ भने अनि साना मसिना कार्यक्रमको उद्घाटन गरेर मात्र कुद्ने हो भने यसको औचित्य के भन्दै प्रदेशको औचित्यमाथि प्रश्न समेत गर्नु भयो।
उहाँले सुकिलामुकिला र चिल्ला गाडीमा हिड्नेहरुले मात्र संविधानको उपयोग गर्ने भन्दै खाली खुट्टा हिँड्ने र आधा पेट खाएर हिड्नेहरुका लागि संविधानले के दियो भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो।
प्रतिकृया