बिर्तामोड । झापाका पाँच जना युवाले जिल्लाको ११ स्थानमा एक साथ जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा ल्याएका छन् । गाभुर एग्रो फार्म प्रालिमार्फत उनीहरुले बिहीबार घटस्थापनाको शुभसाइत पारेर माछा बिक्री केन्द्रहरु संचालनमा ल्याएका हुन् ।
स्वास्थ्यका दृष्टिकोणले निकै फाईदाजनक ताजा माछा बिक्री केन्द्रको झापाको बिर्तामोड स्थित बिर्ताबजारमा उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालले उद्घाटन गरेसँगै संचालनमा आएको छ ।
फर्मालिन प्रयोग गरेर हप्तौंपछि नेपाल भित्र्याइएका भारतीय मरेको माछाले उपभोक्ताको स्वास्थ्यमा गम्भीर किसिमका रोग लाग्नथालेको उपभोक्ताको गुनासो छ ।
उपभोक्ताको गुनासो तथा जिल्लाका माछा पालक किसानको उत्पादनलाई बजारीकरणमा सहयोग गर्नेगरी जिउँदो माछा बिक्री केन्द्रहरु सञ्चालनमा ल्याएको गाभुर एग्रो फार्मका अध्यक्ष अर्जुन राजवंशीले बताए ।
गाभुर एग्रोले मेचीनगर नगरपालिकाको काँकडभिट्टा, इटाभट्टा, धुलाबारी, भद्रपुर नगरपालिकाको झापा चोक र सगरमाथा चोक तथा बिर्तामोड नगरपालिकाभित्र बिर्ताबजार, चारपाने, बुट्टाबारी, जात्रुबारी, अतिथि सदन रोड र स्याँलडाँगीमा केन्द्रहरु सञ्चालनमा ल्याएको हो ।
११ वटै केन्द्रको एक मुष्ठ उद्घाटनबिहीबार बिर्ताबजार बिक्री केन्द्रमार्फत गरिएको हो । सरसफाईमा विशेष ध्यान दिदै उपभोक्तालाई अग्र्यानिकताजा माछा खुवाउने व्यवस्थित बिक्री केन्द्र सञ्चालनमा ल्याएको गाभुर एग्रोका प्रबन्धक अभयराजवंशीले बताए ।
बिक्री केन्द्रमा पंघास, रहुँ, कमन कार्प, बिग हेड, पम्प्लेट,नैनीलगायतका माछा राखिएका छन् । माछालाई जिउँदो राख्नका लागि बिक्री केन्द्रमासिसाका एक्यूरेम बनाई अक्सिजन दिने व्यवस्था गरिएको छ ।
जिल्लामा माछा पालक किसानको संख्या दैनिकबढ्दै गएपनि उत्पादन भएको माछाले बजार नपाउने समस्या बढेकोप्रति वाणिज्य महासंघकाप्रदेश अध्यक्ष ढकालले चिन्ता व्यक्त गरे ।
उनले कृषि कर्मबाट किसानलाई पलायन हुनबाटरोक्ने नीति र सहुलियत दिने कार्यक्रमहरु ल्याउन सरकार समक्ष आग्रह समेत गरे ।
स्वास्थ्यकोलागि माछा बहुउपयोगी भएकाले विषादीयुक्त फर्मालिन प्रयोग गरेको मरेको भारतीयमाछाको सट्टा स्थानीय किसानले उत्पादन गरेका जिउँदो ताजा माछा खाने बानी बसाल्न ढकाललेआग्रह गरे ।
पाँच जनाको उक्त टिमले सर्वोत्तम एग्रो सप्लायर्स प्रा.लि. नामक अर्को एउटा कम्पनी समेत स्थापना गरी माछाको दाना समेत बिक्री गर्दै आएको छ ।
भारतीय कम्पनी ग्रोवेल फिड्सको ग्रोवेल नामक माछाको दाना बिक्री गर्दै आएको सञ्चालक प्रमोद राजवंशीले बताए । उनले बडा दशैं पछि जिउँदो माछा बिक्री केन्द्रहरु थप बिस्तार गर्ने कार्यक्रम रहेको पनि जानकारी दिए ।
प्रतिकृया