दमक। ब्राजिलमा जारी कोपा अमेरिका कप फुट्बल प्रतियोगितामा अर्जेन्टिनाले पहिलो जित निकालेको छ । उसले समूह ए अन्तर्गतको खेलमा उरुग्वेलाई एक शुन्यले पराजित गरेको हो । अर्जेन्टिनाका लागि गुइडो रोड्रिगेजले गोल गरे ।
ब्रासिलियास्थित स्टाडिओ नासिओनालमा शनिबार बिहान भएको खेलमा रोड्रिगेजले कप्तान लिओनल मेस्सीको क्रसमा शानदार गोल गरेका थिए ।
४७औं संस्करणको कोपा अमेरिकामा अर्जेन्टिनाको यो पहिलो जित हो । यसअघि पहिलो खेलमा अर्जेन्टिनाले चिलीसँग २–२ को बराबरी खेलेको थियो ।
उरुग्वेलाई हराएपछि अर्जेन्टिनाले २ खेलबाट ४ अंक जोडेको छ । यस्तै शनिबार बिहाननै भएको अर्को खेलमा चिलीले बोलिभियालाई एक शुन्यले नै पराजित गरेको छ । एरेना पान्तानालमा भएको खेलमा चिलीका लागि खेलको १०औं मिनेटमा बेन ब्रेरेटनले गोल गरे । उनले एडुवार्डो भर्षासको पासमा गोल गरेका थिए । जितपछि चिलीले पनि २ खेलबाट ४ अंक नै जोडेको छ । समूहको शिर्ष स्थानमा भने अर्जेन्टिना छ ।
प्रतिकृया