दमक। झापाको दमकमा नेपाली कांग्रेसकाे नगर नेतृत्वको लागि भएको मतदान सकिएको छ । मत गणना केहिबेरपछि शुरु हुने सचिव पदका उमेद्वार दिपेश दाहालले जानकारी दिनुभएको छ।
दमकको नेतृत्व हत्याउन तीन प्यानल बनाएर कांग्रेसका युवा नेताहरु चुनावी मैदानमा छन्। दमक कांग्रेसको नेतृत्वका लागि प्रकाश प्रसाई, रोशन बिष्ट र पर्शुराम रिजालको तीन समुह चुनावी मैदानमा छन्।
दमक-५ को दिपिनी स्कुलमा भएको मतदानमा कांग्रेसका युवा नेता तथा क्षेत्रिय सभापतिका उमेद्वार रोशन गौतमले पहिलो मत हाल्नु भएको थियो। दमक कांग्रेसको नेतृत्व चयनका लागि ३ सय २६ जना मतदाता रहेका थिए ।
प्रतिकृया