झापा। इन्डियन प्रिमियर लिग क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंग्लोर र कोलकाता नाइट राइडर्स भिड्दै छन्। दुबईको आबुदाविमा खेल नेपाली समय अनुसार राती पौने आठ बजे शुरु हुनेछ।
बिराट कोहलीको नेतृत्वमा रहेको बैंग्लोर तेस्रो स्थानमा छ। उसले ७ खेलमा ५ जित हासिल गर्दै १० अंक जोडेको छ ।
त्यस्तै इओइन मोर्गानको नेतृत्वमा रहेको कोलकाताको समान ७ खेलबाट ४ अंक छ। उ पुछारबाट दोस्रो स्थानमा छ। लिगको शिर्ष स्थानमा चेन्नाई सुपर किङ्स छ।
उसले गएराति सम्पन्न खेलमा मुम्बईलाई पराजित गर्दै ८ खेलबाट ६ जितसँगै १२ अंक जोडेको छ। समान समान खेलबाट समान १२ अंक जोडेपनि दिल्ली रनरेटका आधारमा दोस्रो स्थानमा छ।
प्रतिकृया