ललितपुर । राजेश हरि जोशी स्मृति फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि फिडेमास्टर रुपेश जैसवालले जितेका छन् । रुपेशले ९ खेलमा २ बराबरी र ७ जितका साथ ८ अंक प्राप्त गर्दै उपाधि जितेका हुन् । उनले रनिङ्शिल्ड, ट्रफि, मेडल र नगद ५० हजार हात पारे ।
त्यसैगरी समान साढे ७ अंक प्राप्त गरेपनि प्रोग्रेसिव टाइब्रेकमा थापाथलि चेस क्लबका फिडे मास्टर क्षितिज भण्डारी दोश्रो र सर्लाहीका कमल श्रेष्ठ तेश्राे भए । क्षितिजले ३० र कमलले २० हजार प्राप्त गरे ।
ललितपुर स्पोर्टस् क्लबद्धारा आयोजित प्रतियोगितामा डाइनामिक चेस एकेडेमी दमकका भुपेन्द्र निरौला चौथौं, भक्तपुरका युवा खेलाडी निकेन कुसाथा पाँचौ, सुमन लामा छैटौं, गणेशमान दुवाल सातौं, रौटहटका शुशिल चौधरी आठौं, दोलखाका राजिव कार्की नवौं र फिडेमास्टर मनिष हमाल दशौं भए ।
पाँच दिने प्रतियोगितामा महिलातर्फ सुजना लोहनी, अनिषा न्यौपाने, आभा पुडासैनी क्रमशः प्रथम, दोश्रो र तेश्रा भए । उनीहरुले नगद १० हजार, ८ हजार र ६ हजार हात पारे ।
यसैगरी सजिन महर्जनले ललितपुर उत्कृष्ठ हुँदै नगद ७ हजार प्राप्त गरे । अनरेटेडतर्फ सानुभाइ महर्जन प्रथम र विनय राई दोश्राे भए ।
विजयी तथा सहभागी खेलाडीहरुलाई आयोजक क्लबका अध्यक्ष हेराकाजी महर्जनको सभापतित्वमा एक समारोहमा प्रमुख अतिथि राखेपका सदस्यसचिव रमेश सिलवाल, ललितपुरका समाजसेवी प्रकाशनन्दन जोशी, जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलाललगायतले पुरस्कृत गरे ।
प्रतिकृया