दमक। झापाको दमक स्थित भुटानी शरणार्थी शिविरमा सेन्सस अपडेट गर्न शुरु गरिएको छ। शरणार्थी समन्वय ईकाई बेलडाँगीको कार्यालय संचालनमा आएसँगै शरणार्थीहरुको सेन्सस अपडेट शुरु गरिएको शिविर प्रमुख सुरेन्द्र राज दाहालले जानकारी दिनुभयो।
यसले गर्दा शिविर भित्र बस्दै आएका गैरभुटानीहरु शिविरमा बस्न नपाउने पनि शिविर प्रमुख दाहालले जानकारी दिनुभयो। उहाँले भन्नु भयो अहिले शिविर भित्र गैरभुटानीहरु पनि बस्दै आएका छन्। तर सेन्सस अपडेटपछि गैरभुटानीहरु बस्न पाउने छैनन्।
हाल शिविर भित्र बसोबास गर्दै आएका कतिपय शरणार्थीहरुको बसाई अनुसार परिचय पत्र नमिलेकोले पनि सेन्सस अपडेट आवश्यक भएको दाहालले जानकारी दिनुभयो।
सेन्सस अपडेटपछि २०२२ मा शरणार्थी परिचयपत्र नविकरण गर्दा अहिलेको बसोबास रहेको ठेगाना अनुसार परिचय पत्र दिइने छ।
सो शिविरमा ६ हजार ५ सय हाराहारीमा शरणार्थी रहेको पनि शिविर प्रमुख दाहालले जानकारी दिनुभयो । पहिलो दिन दिलिप कुमार राईबाट सेन्सस अपडेट शुरु गरिएको छ।
प्रतिकृया