दमक। नेपाली कांग्रेस दमकले १०७ औ विपी जन्मजयन्ती मनाएको छ। पार्टी कार्यालय दमकमा पूर्व प्रधानमन्त्री स्व. विपी कोइरालाको तस्विरमा माल्यार्पण गर्दै जन्मजयन्ती मनाएको हो ।
कार्यक्रममा बोल्दै नेता सुरेश सुब्बाले नगर अधिवेशनमा एकता कायम गरेर अघि बढ्नुपर्ने भन्दै एकताको ढोका खुल्ला रहेको बताउनुभयो। उहाँले पार्टीलाई मजबुत बनाउन एकतावद्ध भएर अघि बढ्नुपर्ने धारणा समेत राख्नु भयो।
त्यस्तै नेता दिलबहादुर बुढाथोकीले कांग्रेसलाई माछा बजार नबनाउन आग्रह गर्नु भयो। नेता पर्शुराम रिजालले विगतको निर्वाचनमा भोगेको पराजयको समिक्षा गर्दै आगामी निर्वाचनमा पार्टीलाई जिताउन एकतावद्ध हुन आव्हान गर्नुभयो। रिजालले कांग्रेस बलियो बनाउन लागि पर्न पनि सबैमा अनुरोध समेत गर्नुभयो ।
नगर सभापति रोशन बिष्टको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेसका महासमिति सदस्य, वडा सभापति लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
तर कार्यक्रममा कृष्ण प्रसाद सिटौला पक्षको सभापतिको उमेद्वार प्रकाश प्रसाइ नेतृत्वको टोलीको भने सहभागिता थिएन।
प्रतिकृया