सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
दमक। झापाको दमकमा हेल्दि एण्ड फ्रेस मिट मार्ट तथा यावा सेकुवा कर्नरको उद्घाटन गरिएको छ। सोको दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ र होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश एकका अध्यक्ष राजन दंगालले रिबन काटेर संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो।
दमक-८ मा महेन्द्र राजमार्ग दक्षिण दमक हस्पिटल एण्ड रिसर्च सेन्टर नजिकै रहेको सो मिट मार्ट तथा सेकुवा कर्नर सञ्जय राईले संचालनमा ल्याउनु भएको हो। ५ बर्षको कोरिया बसाईपछि स्वदेश फर्कनुभएका राईले स्वस्थ र फ्रेस मासु दिने उदेश्यले संचालन गरेको बताउनुभयो ।
मिट मार्टमा खसी, कुखुरा, बट्टाई, सुङगु, बंगुर लगायतको मासु पाइने पनि राईले जानकारी दिनुभयो। साथै सोही मिट मार्टको मासुका विभिन्न परिकार सहितको रेष्टुरेन्ट पनि राईले संचालनमा ल्याउनु भएको छ।
रेष्टुरेन्टमा मःमः, चाउमिन लगायतका खाजाका परिकार पनि पाइने उहाँले जानकारी दिनुभयो।
प्रतिकृया