काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले बाढी पहिरो प्रभावितको उद्धार एवं राहतको व्यवस्था मिलाउन सबै पक्षले गम्भीर ध्यान दिनुपर्ने बताउनु भएको छ । पूर्वराजा शाहले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आब्हान गर्नु भएको हो ।
वक्तब्यमा पुर्व राजा शाहले हिमाल, पहाड र तराईका धेरै जिल्लामा जनधन तथा भौतिक निर्माणमा क्षति भएको एवं ग्रामीण तथा शहरी वस्तीका बासिन्दाको उठिबास भएको खबरले आफूलाई दुःखित तुल्याएको उल्लेख गर्नुभएको छ ।
पूर्व राजा शाहले मनसुन प्रारम्भ मात्र भएको समयमा नै यति धेरै क्षति भएको भन्दै तीब्र वर्षातको समयमा अझै अवस्था कस्तो होला भन्ने चिन्ता समेत व्यक्त गर्नुभएको छ ।
देश कोभिड १९ को महामारीबाट आक्रान्त भइरहेको समयमा फेरि बाढी, पहिरो, जस्ता प्राकृतिक विपत्ति आइपरेको भन्दै पूर्व राजा शाहले यस्तो बेलामा सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्यूनीकरण गर्नेतर्फ जिम्मेवार बन्नुपर्ने उल्लेख गर्नुभएको छ ।
पूर्वराजा शाहले प्राकृतिक विपत्ति सबैको चिन्ताको विषय भएकोले पूर्व सावधानी राख्ने, तयारी गर्ने, सजकता अपनाउने र उद्धार एवं राहतकारी व्यवस्था मिलाउने बिषयमा सबै पक्षको गम्भीर ध्यान जानु पर्ने उल्लेख गर्नुभएको छ ।
प्रतिकृया