दमक। माओवादी केन्द्रका नेता गगन पुरीले दमकका खोलामा नाउ कुदाउने घोषणा गर्नु भएको छ। झापाको दमकलाई पर्यटकीय नगर बनाउन शुरु गरिएको सौन्दर्यकरण अभियानलाई सम्बोधन गर्दै नेता पुरीले यस्तो घोषणा गर्नु भएको हो । नेता पुरीले भन्नु भयो” तपाईंहरुले साथ दिनुभयो भने म दमकका दिपिनी, खरखरे लगायतका खोलाहरूमा २ वर्षमा नाउ चलाउने छु।
उहाँले दमकको समृद्धिको लागि सिंगापुर र थाइल्याण्डको उदाहरण दिँदै ३-५ किलोमिटर क्षेत्रफलमा माछा पालन गरेर करोडौं आम्दानी समेत गर्न सकिने योजना समेत सुनाउनुभयो। अभियान वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्काको संयोजकत्वमा गठित कार्य सम्पादन उप समितिले शुरु गरेको हो।
आजदेखि शुरु गरिएको सो अभियानमा दमकका विभिन्न २२ संघसंस्थाको सहभागिता रहेको छ। सो अभियानमा आज रतुवा पुलदेखि वालुवाटारसम्म सरसफाई गरिएको छ।
कार्यक्रममा वडा नम्बर-८ का वडा अध्यक्ष पशुपति राज गौतम, वडा नम्बर-६ का वडा अध्यक्ष टेकबहादुर थापा, लायन्स लिडर ज्ञान नाथ पौडेल लगायतले आ-आफ्नो धारणा राख्नु भएको थियो। कार्यक्रम बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईंले संचालन गर्नु भएको थियो।
प्रतिकृया