अमेरिका। विश्व भूटानी हिन्दू संगठनको नयाँ कार्यकारिणी समितिको घोषणा भएको छ। सन् २०१६ मा औपचारिक रूपमा दर्ता भएको सो संगठनले सन् २०१७ मा आएर ११ सदस्यीय बोर्ड गठन गरिएको थियो ।
संगठनको विधानअनुसार प्रत्येक ४ वर्षमा स्वतन्त्र निर्वाचन प्रणालीद्वारा बोर्डको पुनर्गठन हुनुपर्ने थियो। तर विश्वभर फैलिएको कोरोना महामारीले गर्दा GBHO ले पनि २०२० का लागि सम्पूर्ण भौतिक कार्यक्रमहरू स्थगित गरेको थियो ।
२०२१ मा पनि स्वतन्त्ररूपमा कार्यक्रमहरू गर्न नसकिने देखिएपछि निवर्तमान बोर्डले केही नयाँ सदस्यहरू थपेर १५ सदस्यीय बोर्ड खडा गरेपछि गत जुलाई १७ मा तीन सदस्यीय निर्वाचन आयोगको निर्देशनमा बोर्ड सदस्यहरुद्वारा भर्चुअल गोप्य मतदान गरी पदभार बाँडेको थियो ।
त्यसै निर्वाचनलाई पूर्णता दिन र संगठनको कार्यलाई निरन्तरता दिन कमल धिमालको अध्यक्षतामा गठन भएको उक्त १५ सदस्यीय कार्यकारिणी समितिलाई निर्वाचन समिति प्रमुख उपेन्द्र दहालले शपथग्रहण गराएसँगै नव निर्वाचित कार्यकारिणी समितिले थप चार वर्षका निमित्त औपचारिक रूपमा ज़िम्मेवारी पाएको छ ।
प्रतिकृया