काठमाडौं। निषेधाज्ञा खुल्ने वित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने सरकारले तयारी गरेको छ । रेल सञ्चालनको तयारीका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले निषेधाज्ञा खुल्नेवित्तिकै रेल सञ्चालन गर्ने तयारी थाल्न रेल विभागलाई निर्देशन दिनुभएको छ ।
पानीजहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरूसँगको छलफलको क्रममा मन्त्री नेम्वाङले विभागलाई यस्तो निर्देशन दिनुभएको हो ।
नीतिगत, व्यवहारिक र प्राविधिक सम्पूर्ण विषयको व्यवस्थापन भइसक्दा पनि रेल सञ्चालनमा ढिलाइ भएकाले छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन मन्त्री नेम्वाङले जोड दिनुभयो ।
प्रतिकृया