सुनसरी । सुनसरी कोशी गाऊपालिका-५ कुम्याई बस्ने मलसुहुदिन मियाको बन्दै गरेको नयाँ घरको दोस्रो तल्लाको सिडीको पर्खाल लगाउने क्रममा पर्खाल सहित लड्दा एक जना मस्त्रिको घटनास्थलमानै मृत्यु भएको छ ।
मृत्यु हुनेमा ईनरुवा नगरपालिका-१० जल्पापुरका ३७ बर्षीय ईशादिल अंसारी रहेका छन् । आज दिउँसो १ बजे भएको सो घटनामा देवानगंज गाऊपालिका-३ का २४ बर्षीय मोहम्मद सतार अंसारी घाईते भई जिल्ला अस्पताल ईनरुवा सुनसरीमा उपचार भईरहेको छ ।
घटनास्थलमा ईलाका प्रहरी लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको प्रदेश प्ह्रहरी जनाएको छ ।
प्रतिकृया