दमक। कोरोना संक्रमणको दर बढेसँगै जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा जारी गरेको छ। तर जिल्लाका अधिकांश भागमा यसको पालना भएकाे छैन् ।
झापाको दमकमा त झन निषेधाज्ञाको कुनै मतलब छैन् । यहाँको मुख्य चोकमा मोचीहरु निर्वाध काम गरिरहेका छन् भने छाप्रे होटल चलिरहेका छन् । बेलडाँगी रोडको तरकारी तथा फलफूल पसल रात अबेर सम्म पनि खुल्ला हुन्छ भने छाप्रे होटल चलिरहेका छन्।
त्यस्तै थाना क्षेत्रका होटल चलिरहेका छन् । नगर प्रमुख रोम नाथ ओलीको घर अगाडीका पसल पनि खुल्लमखुल्ला चलिरहेका छन्।
सब्जी बजारमा दिउँसो पनि केही खाध्यान्न पसल खोल्ने गरिएको छ। सिटी सफारी पनि चलिरहेका छन्। पान पसल चलिरहेका छन्।
तरपनि निषेधाज्ञाको पालना भएकाे छ छैन त्यसको अनुगमन गर्ने निकाय प्रहरी प्रशासनले समेत वास्ता नगर्नुले पनि दमकमा मानिसहरू निर्वाधरुपमा बिनाकाम पनि हिड्ने गरेका छन्।
यहाँ सम्म कि इलाका प्रहरी कार्यालय अगाडि नै सटर खोलेर पसल चलिरहेका छन्। यसले जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा नाम मात्रको निषेधाज्ञा जस्तो देखिएको छ।
यसतर्फ बेलैमा ध्यान नदिए कोरोना संक्रमण घर-घर सम्म फैलन सक्ने र अवस्था भयावह हुने निश्चित छ।
प्रतिकृया