दमक। कोरोना संक्रमणदर बढेसँगै झापामा जारी गरिएको निषेधाज्ञा पुनः थप गरिएको छ । आज जारी निषेधाज्ञा आदेशमा श्रावण मसान्त अर्थात श्रावण ३२ गते मध्यराती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।
अत्यावश्यकीय कामबाहेक बाहिर निक्लन निषेध गरिएपनि त्यो पालना भएको छैन् । तरपनि प्रहरी प्रशासनबाट त्यसको खासै मतलव राखिएको छैन् । जिल्लाका प्राय सबैजसो स्थानमा मानिसहरु खुलेआम हिडडुल गरिरहेका छन् भने कतिपय स्थानमा चिया पसल तथा तरकारी फलफूल पसल विहानदेखि बेलुकै सम्म संचालन हुँदै आएका छन् ।
त्यस्तै साना छाप्रे होटलहरु विहानदेखि नै संचालनमा भएपनि प्रहरीले मतलव राखेको देखिदैन् । यसतर्फ सम्बन्धित निकायले वेवास्था गर्दा कोरोना संक्रमण बढ्न नदिन भन्दै जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको निषेधाज्ञाको प्रभाव शुन्य प्राय नै छ । विशेषगरी झापाको दमक, गौरादह, केर्खा, झिलझिले, गौरीगञ्जमा निषेधाज्ञाको पालना भएको छैन् ।
प्रतिकृया