सुनसरी । सुनसरीको बर्जु गाऊपालिका-६ सुक्रहाट टोलका ६८ बर्षीय खटर मण्डलको लडेर मृत्यु भएको छ । आज दिउँसो १ बजे ६ नम्बर वडा कार्यालयमा बृद्ध भत्ता थाप्न गएका मण्डल वडा कार्यालय अगाडी रहेको बन्द चिया पसलको बेन्चमा बस्ने क्रममा लडेर बेहोस भएका थिए ।
घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय चिमडीबाट प्रहरी टोली खटि गई मण्डललाई उपचारको लागी कोशी अस्पताल विराटनगर पठाईएको थियो । उनको उपचारकै क्रममा दिउँसो पौने ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया