काठमाडौं । नेपाली कांग्रेसले आज क्रियाशिल सदस्यता विवाद र निर्वाचन कार्यतालिका टुङ्गो लगाउँदै छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाइएको बैठकले सो तय गर्नेछ । पार्टीको आसन्न महाधिवेशनलाई बैठकको मुख्य मुद्दा बनाइएको छ ।
कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि हुने भनिएको छ। यद्यपि क्रियाशिल सदस्यको विवाद टुंगो नलाग्दा यहि १२ गतेबाट हुने वडा तहको अधिवेशन तोकिएको समयमा नहुने निश्चित भइसकेको छ। यद्यपि सभापति देउवाले भने १४ औं महाधिवेशन २०७८ को भदौमै हुने दाबी गर्दै आउनु भएको छ । यस्तो अवस्थामा महाधिवेशनको मिति सार्ने विषयमा समेत पदाधिकारीबीच छलफल हुने बताइएको छ।
प्रतिकृया