काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकमा विभिन्न कार्यसूचीमाथि छलफल हुनेछ । बैठकले पार्टीका विरुद्ध लागेका सांसदको विषयमा के निर्णय गर्ला भन्नेमा धेरैको चासो छ ।
एमाले केन्द्रीय कमिटी बैठक साउन ४ गतेदेखि ललितपुरको च्यासलस्थित तुल्सीलाल समृति प्रतिष्ठानमा जारी छ । बैठकको तेस्रो दिन हिजो बुधबार ४ वटा महत्वपूर्ण प्रस्ताव पारित भएका थिए ।
श्रोतका अनुसार आजको बैठकमा माधवकुमार नेपालसहित २२ सांसद्लाई सोधिएको स्पष्टिकरण बारे निर्णय हुनसक्ने छ । एमालेका २२ सांसद्ले गत साउन ३ गते प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । बैठकअघि एमालेले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस मनाउँदैछ ।
प्रतिकृया