दमक। झापाको दमक घर भइ हाल अमेरिका बस्नुहुने सामाजिक मनकी धनी गिता शर्माले आफ्नो जन्मदिनका अबसर पारेर पुकार अपांग अशक्त समाजलाई विभिन्न खाद्य सामाग्री प्रदान गर्नु भएको छ । उहाँले सुरुङा–४ मा रहेको सो संस्थालाई सामाजिक कार्यमा सक्रिय संस्था पहिलो पाइला नेपाल दमक शाखामार्फत सहयोग प्रदान गर्नु भएको हो ।
शर्माले अशक्त समाजमा रहेका अपांग बालबालिकाहरुका लागि चामल ,दाल ,फलफुल ,भुजा सहयोग गर्नु भएको छ । साथै खीर खुवाएर फजुल खर्च रोकि सामाजिक सेवामा आफनो जन्मदिन मनाउनु भएको हो। शर्माले यसअघि पनि पहिलो पाईला मार्फत सहयोग गर्दै आउनु भएको छ ।
पहिलो पाईलाका अध्यक्ष दिपक खडकाको अध्यक्षतामा भएको कार्यक्रममा, प्रमुख अतिथी गणेश प्रधान ,पहिलो पाईलाका सह– सचिब राजु निरौला पुकार समाजकी सन्चालिका निर्मला ओझाले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा पहिलो पाइलाका सदस्य हरु सामाजिक ब्याक्तित्व आसिमा कार्की, लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रम पहिलो पाईलाका सचिब मेघनाथ फुयाल ले संचालन गर्नु भएको थियो ।
प्रतिकृया