दमक। माधव कुमार नेपाललाई काँखी च्यापे इमान्दार कार्यकर्ताको चित्त दुख्ने भन्दै उनलाई त्यसै छोडिदिन युवा संघ झापाका अध्यक्ष शम्भु भण्डारीले नेतृत्वसँग माग गरेका छन् ।
आज झापाको दमकमा आयोजित विरोध सभालाइ सम्बोधन गर्दै अध्यक्ष भण्डारीले यस्तो बताउनु भएको हो । उहाँले माधव नेपालले गर्दा दुई तिहाइको सरकार ढलेको र एमालेको शिर झुकेको उल्लेख गर्नु भयो । नेकपा एमालेका नेता भएपनि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न लागि परेका भन्दै नेता नेपालको भण्डारी लयातका नेताहरुले विरोध गर्नु भएको थियो ।
सभालाई नेकपा जिल्ला कमिटी सदस्य तथा अनेमसंघ जिल्ला कमिटी सचिव लिला दाहाल ढुंगेल र अनेरास्ववियुका जिल्ला अध्यक्ष समर्पण खतिवडाले पनि सम्बोधन गर्नु भएको थियो । सोक्रममा उहाँहरुले अदालतको कदम र नेता नेपालको कार्यशैलिको विरोध गर्नु भएको थियो । सभामा सयौं एमाले नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
प्रतिकृया