विराटनगर। प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले तामाको भाडामा उत्पादन गरिएको कोदोको लोकल रक्सीलाई ब्राण्डिङ गरिने बताउनु भएको छ ।
आज प्रदेशसभाको बैठलाई सम्बोधन गर्दे मन्त्री राइले यस्तो बताउनु भएको हो । उहाँले भन्नु भयो, तामाको भाडामा राष्ट्रियता बोकेको लोकल रक्सी उत्पादन गरेर ब्राण्डिङ गरिने छ ।
प्रदेशसभामा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले रक्सी ब्राण्डिङ गरेर आर्थिक समृद्धिमा जोडन सकिने भन्दै अब आफ्नो मुख्य प्राथमिक्ता भनेको लोकल रक्सीलाई ब्राण्डिङ बनाउनु रहेको छ ।
उत्पादनपछि वैज्ञानिक रुपमा प्रशोधन गरेर दोस्रो स्टेजमा लैजाने मन्त्री राईको तर्क रहेको थियो । स्वदेशको रक्सीलाई ब्राण्डिङ गर्न सके रक्सीको व्यापारमा विस्तारै अन्तर्राष्ट्रिय लगानी पनि आउने उहाँको तर्क छ ।
प्रतिकृया