काठमाडौँ। सरकारले राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन आम नागरिकलाई अपिल गरेको छ ।
मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्बीसुब्बा गुरुङले राजावादी समूहको अराजक प्रदर्शनमा सहभागी नहुन सरकारको तर्फबाट अपिल गरेका हुन्।
‘तीनकुने घटनाको सत्यतथ्य छानिवनि गरी दोषीउपर कारबाही गर्न र अगामी दिनमा यस किसिमको घटना हुन नदिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ,’ उनले भने, ‘साथै, यस किसिमको अराजक गतिविधिहरूमा संलग्न नहुन आम नागरिकहरुमा नेपाल सरकार हार्दिक अपिल गर्दछ।’
घटनामा घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिइसकेको उनको भनाइ छ।
यही चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले प्रदर्शन गरेका थिए। प्रदर्शन हिंस्रक हुँदा एक पत्रकारसहित दुई जनाको मृत्यू भएको थियो भने केही निजी र सरकारी सम्पत्ति तोडफोड तथा आगजनी गरिएको थियो।
मंगलबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्बीसुब्बा गुरुङले राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन सरकारको तर्फबाट अपिल गरेका हुन्।
‘तीनकुने घटनाको सत्यतथ्य छानिवनि गरी दोषीउपर कारबाही गर्न र अगामी दिनमा यस किसिमको घटना हुन नदिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ,’ उनले भने, ‘साथै, यस किसिमको अराजक गतिविधिहरूमा संलग्न नहुन आम नागरिकहरुमा नेपाल सरकार हार्दिक अपिल गर्दछ।’
घटनामा घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिइसकेको उनको भनाइ छ।
चैत १५ गतेशुक्रबार काठमाडौँको तीनकुनेमा राजावादीले प्रदर्शन गरेका थिए। प्रदर्शन हिंस्रक हुँदा एक पत्रकारसहित दुई जनाले ज्यान गुमाएका थिए भने केही निजी र सरकारी सम्पत्ति तोडफोड तथा आगजनी गरिएको थियो।
प्रतिकृया