दमक। नेपाल लाईब्रेरी फाउण्डेशन गृह पुस्तकालय अभियान जिल्ला समिति झापाकाे आयाेजनामा पुस्तक चर्चा तथा रचना वाचन कार्यक्रम शनिवार एक समाराेहका बिच सम्पन्न भएकाे छ ।
कार्यक्रममा दुई दर्जन भन्दा बडी स्रष्टाहरुले आफुले पढेका पुस्तकाे बारेमा चर्चा गरेका थिए ।
पुस्तक चर्चा गर्ने साहित्यकारहरुमा प्रमुख अतिथि समेत रहेका हेमनाथ अधिकारीले लार्साेन काे “अल्फ्रेड नेटवर्क अफ ईनाेभेसन” पुस्तककाे बारेमा,बिशिष्ठ अतिथिहरु पर्शुराम परासरले कवि बिमल अर्यालकाे “आवरण” कविता सङ्ग्रहकाे बारेमा, बिन्दु दहाल मुकदर्शकले स्पन्दन बिनाेदकाे “अविरल” कविता सङ्ग्रहकाेबारेमा , शारदा पराजुलीले प्रदिप रत्न शाक्यकाे “म सडककाे प्रतिबिम्व “काे बारेमा साहित्यकारहरु ओमप्रसाद खनालले उमानाथ भट्टराईकाे “अचल” महाकाव्यकाे बारेमा चर्चा गरेका थिए ।
त्यस्तै मेघनाथ बन्धुले निर्मल भण्डारी र मणीराज जाेशीकाे “निर्मलमणि” कविता सङ्ग्रहकाे बारेमा ,रामकुमार उपाध्याय ले गाेपाल गड्सेकाे “गान्धि हत्या र म” पुस्तककाे बारेमा, भगवती दवाडीले कवि ओम खनालकाे “निलाे आकाश” कविता सङ्ग्रहकाे बारेमा ,बिवेक दुलाल क्षेत्रीले अप्सरा पुडाशैनीकाे “कुकुर बेचेर काेशेली” पुस्तककाे कारेमा र बिरेन्द्र खड्काले नवरङ्ग साहित्यिक पत्रिकाकाे बारेमा चर्चा गरेका थिए । साथै अन्य साहित्यकारहरु दुर्गा काफ्ले,गाेपाल दहाल,किराँती राजा, बाशु काफ्ले र खगेन्द्र भट्टराईले शुभकामना सहित रचना वाचन गरेका थिए ।
कार्यक्रम नेपाल लाईब्रेरी फाउण्डेशन गृह पुस्तकालय अभियान जिल्ला समिति झापाका अध्यक्ष डा. लेखनाथ न्याैपाने काे अध्यक्षतामा भएकाे थियाे भने कार्यक्रमकाे सञ्चालन नेपाल लाईब्रेरी फाउण्डेशन झापाका सचिव ओमप्रसाद खनालले गरेका थिए ।
प्रतिकृया