दमक। ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल केन्द्रीय कार्यलय दमककाे आयाेजनामा एक दिवसीय उर्जा ध्यान शिविर सम्पन्न भएकाे छ ।
प्रतिष्ठानकाे सभाहलमा भएकाे उक्त कार्यक्रममा जीवन बिज्ञानका प्रशिक्षकहरु क्षेत्र बहादुर कार्की र लक्ष्मण न्याैपाने ले प्रशिक्षण गर्नु भएकाे थियाे। उक्त कार्यक्रममा करिब एकसय जना ज्येष्ठ नागरिककाे उपस्थिति रहेकाे थियाे ।
उक्त कार्यक्रममा शरीरलाई स्वस्थ्य राख्न याेग ध्यान र प्रणायामकाे आवस्यकता पुरागर्न जीवन बिज्ञानकाे महत्वपुर्ण भुमिका रहेकाे कुरा प्रशिक्षक बाट जानकारी गराईएकाे थियाे ।
ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल केन्द्रीय कार्यलय दमकका अध्यक्ष दुर्गा प्रसाद पाैडेलकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रमकाे सञ्चालन जीवन बिज्ञान दमकका कल्याण मित्र ओमप्रसाद खनालले गरेका थिए ।
कार्यक्रममा जीवन बिज्ञानका प्रशिक्षकहरु श्रीप्रसाद राई, र जानुका साङ्पाङ राई ,ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानका उपाध्यक्ष शिवप्रसाद काफ्ले, कार्य समितिका सदस्यहरु त्रिलाेचन रेग्मी,लक्ष्मीप्रसाद दहाल, बिमला पाेख्रेल, ओमनाथ भट्टराई, पुण्य सिम्खडा,लेखा समिति संयाेजक कृष्णराज थापा, लेखा समिति सदस्य दुर्गा उप्रेती लगायत जीवन बिज्ञान दमकका कल्याण मित्रहरुकाे उपस्थिति रहेकाे थियाे ।
प्रतिकृया