विराटनगर। नेकपा एमालेका नेता हिक्मतकुमार कार्की तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । आफैंले नेतृत्वमा पुर्याएका केदार कार्कीलाई विस्थापित गर्दै कार्की तेस्रो पटक मुख्यमन्त्री नियुक्त भएका हुन् ।
प्रदेश प्रमुख परशुराम खापुङ्गले कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम बिहीबार दिउँसो मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। मुख्यमन्त्री नियुक्त गर्नुअघि प्रदेश प्रमुखले ५२ जना सांसदको सनाखत गराएका थिए।
सत्ता लुछाचुडीमा रुमलिएको नेपाली राजनीतिमा को कतिखेर सत्तामा पुग्छ र को कतिखेर सत्ता च्युत हुन्छ कसैलाई थाहा हुन्न।
नेपालको राजनीति समाजसेवा तथा राष्ट्र सेवा नभई सत्ता र कुर्सी केन्द्रीत भएको छ।
प्रतिकृया