दमक। झापाको दमक उद्योग वाणिज्य संघले यहि माघ २८ गतेदेखि फागुन १२ गतेसम्म प्रदेश स्तरीय पाँचौ दमक महोत्सवको आयोजना गर्ने भएको छ ।
संघले बुधबार पत्रकार सम्मेलन गरी यस विषयमा जानकारी गराएको हो । अध्यक्ष गोपाल गुरागाईले महोत्सव भव्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारेको बताए ।
दमक-७ स्थित रतुवा किनारमा लाग्ने महोत्सवमा ५ करोड बराबरको कारोवार हुने तथा एक लाख दशर्कले प्रत्यक्ष अवलोकन गर्ने लक्ष्य रहेको अध्यक्ष गुरागाईले बताए।
संघले यसअघि २०६२, २०६५, २०६६ र २०७४ सालमा महोत्सव सञ्चालन गरेको थियो । त्यसपछि कोभिड लगायत विविध कारणले संघले महोत्सवलाई निरन्तरता दिन सकेको थिएन् । तर, पछिल्ला समय अर्थतन्त्र केहि सुधारसंगै परिस्थति समेत अनुकुल वन्दै गएपछि ६ वर्षपछि महोत्सवलाई निरन्तरता दिन लागिएको अध्यक्ष गुरागाईले बताए ।
महोत्सव सफल बनाउन सवैको सहयोग आवश्यक रहेको भन्दै अध्यक्ष गुरागाईले ‘स्थानीय उद्योग, व्यापार, व्यवसायको प्रबर्धनमा यस्ता महोत्सव उपयोगी माध्यम भएकाले पनि यो महोत्सव लक्ष्य अनुरुप सफल हुनेमा विश्वस्त रहेको बताए ’।
महोत्सवमा औद्योगिक व्यापार,पर्यटन ,प्रवद्र्धन एवं कृषि उपजको प्रर्दशनी हुनेछ । महोत्सव सफल बनाउन संघले वरिष्ठ उपाध्यक्ष राजु खड्काको संयोजकत्वमा एक सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। त्यस्तै एक दर्जन बढी विभिन्न उपसमितिहरु समेत गठन गरेको छ ।
यसैगरि, संघका पूर्व अध्यक्षहरु सम्मिलित ९ सदस्यीय स्टेयरिङ कमिटी, राजनीतिक दलका प्रतिनिधि ,जनप्रतिनिधिहरु सम्मिलित सल्लाहकार समिति समेत गठन गरिएको अध्यक्ष गुरागाईले जानकारी दिए ।
संघले सदस्य तुलसीराम तिम्सिनाको संयोजकत्वमा प्रचारप्रसार, रुवल अधिकारीको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, टिकाराम खतिवडाको संयोजकत्वमा स्टल व्यवस्थापन, ज्ञाननाथ पौडेलको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम सञ्चालन उपसमिति ,उमेश गजमेरको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन, विवेक श्रेष्ठको संयोजकत्वमा उद्घाटन तथा समापन कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरेको छ ।
त्यसैगरि, शुष्मा निरौलाको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, हेमसागर अधिकारीको संयोजकत्वमा निर्माण, विद्युत, खानेपानी तथा सरसफाई व्यवस्थापन उपसमिति, भेनस श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य उपसमिति, सन्तोष साहको संयोजकत्वमा गेट निर्माण उपसमिति र कमल कटुवालको संयोजकत्वमा संघसंस्था समन्वय उपसमिति समेत गठन गरि काम धमाधम भईरहेको पनि अध्यक्ष गुरागाईले बताए ।
महोत्सवको अनुमानित आम्दानी १ करोड ३ लाख ५० हजार र ९८ लाख खर्च हुने अनुमान रहेको संघले जनाएको छ ।
महोत्सवबाट ५ लाख ५० हजार बचत गर्ने लक्ष्य राखिएको अध्यक्ष गुरागाईले बताए । महोत्सवको बचत रकम निर्माणाधिन इलम प्रशिक्षण केन्द्रमा खर्च गरिने जनाईएको छ । पत्रकार सम्मेलनमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियोे ।
प्रतिकृया