दमक। ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल दमक-८ ले हालै सम्पन्न छैटाैँ साधारण सभा बाट सर्वसम्मत रुपमा निर्वाचित भएका कार्यसमिति लाई एक कार्यक्रमका बिच प्रमाण पत्र बितरण गरेकाे छ ।
उक्त साधारण बाट ओम प्रसाद खनाल काे अध्यक्षतामा ९ सदस्यीय कार्य समिति निर्वाचित गरेकाे थियाे । साधारण सभाबाट गठित निर्वाचन समितिका संयाेजक हरिप्रसाद न्याैपाने ले कार्य समितिलाई प्रमाण पत्र बितरण गरेका थिए ।
प्रमाण पत्र प्राप्त गर्ने कार्य समितिहरु अध्यक्ष ओमप्रसाद खनाल, उपाध्यक्ष अर्जुन प्रसाईं,सचिव तारानाथ भट्टराई काेषाध्यक्ष हरिप्रसाद खतिवडा, सदस्यहरु जगन्नाथ गाेस्वामी, सावित्रा खडका ,लाेकनाथ अधिकारी कृष्णप्रसाद मैनाली, दुर्गा देवी ढुङ्गाना रहेका छन ।यसरी नै कार्य समितिकाे तर्फ बाट पनि निर्वाचन समितिलाई कदर पत्र प्रदान गरिएकाे थियाे ।
कदर पत्र प्राप्त गर्नेहरुमा संयाेजक हरिप्रसाद न्याैपाने, सदस्यहरु कृष्णराज थापा,मुना गाैतम रहेका छन। कार्यक्रममा प्रतिष्ठानका केन्दिय अध्यक्ष सिताराम खतिवडा, उपाध्यक्ष डाेयना दहाल, सल्लाहाकार संयाेजक देवप्रसाद सुबेदीले शुभकामना दिएका थिए ।
कार्यक्रम प्रतिष्ठानका वडा अध्यक्ष ओमप्रसाद खनालकाे अध्यक्षतामा भएकाे थियाे भने सञ्चालन सचिव तारानाथ भट्टराईले गरेका थिए।
प्रतिकृया