दमक। माल्दिभ्समा सम्पन्न दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक विजेता झापाका ललित धिमाललाई दमकमा भब्य सम्मान गरिएको छ।
धिमालले नेपालको नाम राखेको भन्दै नगद ९१ हजारसहित सम्मान गरिएको हो।
उनलाई बृटिस आर्मीमा कार्यरत समाजसेवी तथा खेलप्रेमी रोहित राईका पुत्र द्वोय रोजवन राई र रोवन राईले ९१ हजार प्रदान गरे ।
उनिहरुले आगामी सेप्टेम्बर पहिलो साता काठमाडौंमा हुने एशियाली च्याम्पियनसिपका लागि तयारी गर्न आवश्यक डाईटका लागि भन्दै सो रकम प्रदान गरेका थिए।
त्यस्तै हङकङमा बस्दै आउनु भएका जजिन चाम्लिङ राईले २५ हजार र काजी बस्नेतले १५ हजार उपलब्ध गराउनु भएको राई द्वोयका बुबा समाजसेवी तथा खेलप्रेमी रोहित राईले जानकारी दिनुभयो ।
यसअघि दमककै यारो फिटनेसमा आयोजित एक कार्यक्रममा बृटिस आर्मीमा कार्यरत राईले स्वर्ण पदक विजेता धिमाललाई ५१ हजार तथा प्रदेश भलिबल तालिम केन्द्र हिमावीका लागि एक लाख एक हजार रुपैयाँ प्रदान गर्नुभएको थियोे ।
बृटिस आर्मीमा कार्यरत राई विगत एक दशकदेखि समाजसेवामा पनि अग्रसर हुनुहुन्छ ।
https://fb.watch/mdTCmzWP0p/?mibextid=ZbWKwL
प्रतिकृया