काठमाडौं। किर्तिपुर स्थित बर्न अस्पतालमा उपचाररत नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई पठाईएको छ ।
सांसद भण्डारीलाई श्री एयरलाइन्सको विमानबाट भारतको मुम्बई लगिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले सांसद भण्डारीलाई मुम्बइस्थित नेशनल बर्न सेन्टरमा उपचारका लागि पठाईएको जानकारी दिनुभयो ।
गएराति ग्यास सिलिण्डर बिस्फोट हुँदा सांसद भण्डारीको दुबै हात खुट्टा र अनुहारमा गरी शरीरमा करिब ३० प्रतिशत जलन भएको थियो। उनकी आमाको भने निधन भएको छ।
प्रतिकृया