इटाली १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज विहानका राति सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा बेल्जियममाथी २–१ को नतिजा निकाल्दै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो ।
जर्मनीको एलिनाज स्टेडियममा फिफाको वरियताको शिर्ष स्थानमा रहेको बेल्जियममाथी इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले गोल गरे । बरेलाले ३० औं मिनेटमा गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ४४ औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीको अग्रता दोब्बर बनाएका थिए ।
उता बेल्जियमका लागि रोमेलु लुकाकुले पेनाल्टि मार्फत गोल गर्दै अन्तर कम गरेका थिए । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । त्यसपछि थप गोल गर्न नसक्दा बेल्जियम क्वाटरफाइनलबाटै बाहिरिएको हो ।
यो जितसँगै इटालीले ३२ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ । इटालीले अघिल्लो खेलमा ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको थियो । यस अघि इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।
इटालीले अब सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्विट्जरल्यान्डलाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै स्पेनले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।
प्रतिकृया