वसाँगु। पाँचथरको फाल्गुनन्द गाउँपालिका स्थित वसाँगुमा जारी द्वितिया मेला अन्तर भलिबल प्रतियोगितामा याङवरक गाउँपालिका सेमिफाइनलमा प्रबेश गरेको छ। उसले उपाधि दाबेदार हि
लिहाङ गाउँपालिकालाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । पहिलो सेट २५-२३ ले जितेको याङवरकले दोस्रो सेट भने ३४-३२ ले गुमाएको थियो । त्यसपछि तेस्रो तथा निर्णायक सेटमा २५-२० को जित निकाल्दै याङवरकले सेमिफाइनलमा स्थान पक्का गरेको थियो । अब उससले अन्तिम दुई प्रबेशका लागि ईलाम नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । शनिबार फाईनल प्रबेशका लागि पहिलो खेलमा यी दुई टिम आमनेसामने हुँदा दोस्रो सेमिफाइनलमा फाल्गुनन्द गाउँपालिका र फालेलुङबीच प्रतिश्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले नगद ७५ हजार हात पार्नेछ । प्रतियोगिताको आयोजना त्रिबेणी युुवा क्लबले गरेको हो । फाईनल भिडन्त पनि शनिबार नै हुनेछ ।
प्रतिकृया