लेटाङ्ग। मोरङ्गको लेटाङ्गमा जारी प्रदेश एक स्तरीय अन्तर जिल्ला बप्तिस कप पुरुष भलिबल प्रतियोगितामा मोरङ्ग ए फाईनलमा प्रबेश गरेको छ । उसले उपाधि दाबेदार मानिएको संखुवासभालाई सोझो सेटमा पराजित गर्दै फाईनल यात्रा तय गरेको हो ।
पहिलो सेट २५–२३ ले जितेको मोरङ्गले दोश्रो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको थियो । लगातार दुईसेटमा उकृष्ट प्रदर्शन गरेका रविन गौतम र रोमन बस्नेतले आफ्नो प्रदर्शनलाई निरन्तरता दिएपछि उसले तेश्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्दै फाईनलमा स्थान सुरक्षित गरेको हो ।
अब उसले उपाधिका लागि भोलि हुने भोजपुर र मोरङ्ग बी विचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । भोजपुरले सुनसरी ए लाई तथा मोरङ्ग बी ले झापालाई पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गरेका हुन् । दोश्रो सेमिफाइनल खेल भोलि विहान ८ बजे हुनेछ । त्यस्तै विहान ११ बजे तेश्रो स्थानका लागि खेल हुनेछ भने फाईनल खेल दिउँसो १ बजे हुनेछ ।
प्रतिकृया