मोरङ। मोरङको बिराटनगरमा ब्यापारीहरुलाई धाक धम्कि दिई रकम माग गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका-२ का २९ बर्षीय रविन घिमिरे रहेको प्रहरीले जनाएको छ । घिमिरेले ब्यापारीहरुलाई प्रहरीको हाकिम हुँ भन्दै रकम माग गर्दै गरेको अवस्थामा बिराटनगर-१५ बाट इलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका घिमिरेलाई अभद्र ब्यवहार कसुरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रतिकृया