दमक। ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत प्रदेश एकको महिला भलिबल खेलाडी छनोटका लागि जारी प्रदेश एक स्तरीय भलिबल प्रतियोगितामा झापा दोश्रो चरण प्रबेश गरेको छ ।
उ मोरङ्गमाथी जित निकाल्दै समुह खको विजेताहुँदै प्रतियोगिताको दोश्रो चरणमा प्रबेश गरेको हो । सोहि समुहबाट मोरङ्ग उपविजेताहुँदै दोश्रो चरण प्रबेश गरेको छ । त्यस्तै सो समुहबाट उपाधि दाबेदार मानिएको सोलुखुम्बु भने लगातारको पराजयसँगै समुह चरणबाटै घर फर्किएको छ । झापाले मोरङ्गलाई दुई एकको सेटमा पराजित गरेको थियो ।
पहिलो सेट २५–१६ ले गुमाएको झापा दोश्रो सेटदेखि लयमा फर्किएसँगै लगातार दुई सेट अफ्नो पक्षमा पार्न सफल भएको थियो । उसले दोश्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो भने तेश्रो तथा निर्णायक सेटमा मोरङ्गमाथि पुरा दबाब राख्दै २५–८ को नतिजा निकालेको थियो ।
त्यस्तै अर्को खेलमा संखुवासभाले पनि लगातार जित निकाल्दै दोश्रो चरणमा आफ्नो स्थान पक्का गरेको छ । उसले तह्रथुमलाई २५–११ र २५–१९ ले पाखा लगाएको थियो । त्यस्तै इलामले पनि पाँचथरमाथी २५–२२ र २५–२२ को सोझो सेटमा जित निकालेको थियो ।
प्रतियोगितामा भोलि दोश्रो र तेश्रो चरणका खेल हुने खेल संयोजक जयकुमार श्रेष्ठले जानकारी दिनुभयो । भोलि दोश्रो चरणको खेल विहान ८ बजेबाट शुरुहुनेछन् ।
प्रतिकृया