अहिले देश विषम परिस्थितिमा रहेको छ। पार्टीले आफ्ना बिचार राख्ने थलोको रुपमा मिडिया आउछ। तर परिस्थिति संगै मिडिया बिकाउको रुपमा गईरहेको छ। कतिपय पार्टीले आफ्ना भातृ संगठन भित्र आफ्नै मिडिया र आफ्ना मात्र एकोहोरो बिचार राखिरहेका छन्। जसले गर्दा प्रमुख नेताहरुको आवाज स्थानीय जनता सम्म पुग्ने गरेको छ । यस्ता एकोहोरो बिचार राखिरहदा कति मिडिया माथि औंला नउठेको भने हैन। जसरि भएपनि आखिर संगठनले मिडिया र मिडियाकर्मिलाई निरन्तरता दिन तथा मिडिया हाउसको अस्तित्व बचाई रहेका छन्।
प्रसंग सुरु गरौ मिडिया नेपालको। भनिन्छ मिडिया नेपाल राप्रपाको भातृ संगठन हो। तर यसका गतिविधिहरु अध्ययन गर्दा भने पछिल्लो परिवेश संगै राप्रपाको भात्री संगठन होइन की भने पनि देखिन थालेको छ।
अहिले सम्म मिडिया नेपाल कुनै पनि प्रदेश र जिल्ला लगायतका अन्य ईकाई गठन वा केन्द्र बाहेक अन्य आन्तरिक अधिवेशन गरिएको समाचार बाहिरिएको पनि पाइदैन। यसले कुनै पनि केन्द्रीय नेताका बिचारलाई खुल्ला रुपमा समर्थन गरेको पनि देखिदैन। र राष्ट्रिय राजनीतिमा आफ्नो उपस्थिति बलियो रुपमा प्रस्तुत गर्न समेत सकेको छैन।
झापा जिल्लामा मिडिया नेपालको नाम आउनासाथ सान नेपाल र रन्जित प्रसाईंको नाम आउँछ। उनिहरुले अहिलेसम्म कुनै पनि ईकाई गठन तथा सदस्य बढाउन सकेका छैनन्। उनिहरु संग जोडिन चाहनेलाई अहिलेसम्म कुनै ठाउँ दिन सकेका छैनन्। रन्जित प्रसाईं राप्रपाको ट्याग लागेको ब्यक्ति भएपनि पत्रकार महासंघ झापाका कोषाध्यक्ष हुन्। प्रसाईं पछिल्लोपटक अस्तित्व संकटको अवस्थामा देखिदै गएको मिडिया नेपालका झापा जिल्ला अध्यक्ष हुन्। मिडिया नेपाल संस्था दर्ता ऐन अनुसार जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो संस्था हो भनेर कतिपयले बुझ्ने गरका छन्।
कुरा गरौ पत्रकार हरुका अन्य संगठनका । प्रेस चौतारी एमाले निकट पत्रकारहरुको संगठन हो। प्रेस युनियन नेपाली काग्रेस र प्रेस सेन्टर माओबादि केन्द्रको रहेको छ। जबजब निर्वाचन नजिकिदै जान्छ प्रेस युनिय प्रेस सेन्टर र प्रेस चौतारी आवद्ध पत्रकारहरु उस्साहित हुदै जान्छन्। एमाले अध्यक्ष के पि ओलिको कार्यक्रममा प्रेस चौतारी आवद्ध पत्रकारहरु तामझाम साथ अत्याधुनिक डिभाईस बोकेर कार्यक्रममा उपस्थित भएको देखिन्छन्। प्रचण्ड तथा प्रधानमन्त्री शेर बहादुर देउवाको कार्यक्रममा पनि उस्तै उपस्थिति देखिन्छ ।
मिडिया नेपालका केन्द्रीय अध्यक्ष गोपाल पौडेलले गत स्थानीय निर्वाचनमा गौरादह नगरपालिकामा राप्रपाको तर्फबाट नगर प्रमुख पदमा उमेदवारि दिएका थिए। उनको उमेदवारीलाई न कुनै राष्ट्रिय सञ्चार गृहले प्राथमिक दियो न मोफसलका सञ्चारमाध्यममा उनले खास चर्चा पाए। उनी आए गएको कुनै मिडियाले जानकारी नै पाएन।
मंसिर ४ गते चुनाव नजिकिदै गर्दा राप्रपाका एजेन्डाहरु थप प्रभावकारी ढंग अगाडी लैजानु पर्ने आवश्यकता सम्बन्धित पार्टीले बुझेकै होला। उसका उम्मेदवारहरुले सञ्चार गृहलाई कत्तिको प्राथमिकतामा राख्लान भन्ने पनि उत्तिकै चासोको विषय रहला। यी पनि सम्बन्धित दलकै तयारी र आत्मनिर्भरतामा केन्द्रित होला भन्ने लाग्नु स्वाभाविकै हो।
नेपालमा कम्नियुस्टहरुले जरा गाड्दै गर्दा राप्रपा शक्तिशाली थियोे। नाम ०४६सालमा जुर्यो तर उसले बोकेका बिचार तथा एजेन्डा हरु २०११ सालमा राजा बनेका महेन्द्रले उठाएका बिचारहरु कै संग्रह हुन् भन्दा कुनै प्रमाण पेश गर्नु नपर्ला । २०१७ सालमा राजा महेन्द्रले जुन नीति अख्तियार गरे त्यही नीति र सिद्धान्तको पृष्ठभूमिलाई राप्रपाले आफ्ना परराष्ट्र निति र सिद्धान्त तथा उसका आन्तरिक बैचारिक जस्ताबेजहरु बनाएको छ त्यसैले यो पार्टी २०४६ सालको जनाअन्दोलन पश्चात गठन भएको भन्नु भन्दा पनि २०११ सालनै यो दलको स्थापनाको सुरुवात थियो भन्दा फरक नपर्ला।
सञ्चार गृह र सञ्चार क्षेत्र स्वयंसेवक भएर राजनीति दलका एजेन्डा र उनिहरुका बिचार अनि मुलुकको समग्र प्रणालीलाई जनमानसमा पुर्याउने पत्रकारहरु कुनै पनि बहानामा ओझेलमा पारिनु हुदैन। राज्यको मूल्य र मान्यता लाई अंगिकार गरेर स्थापना भएका सन्चार गृह लाई बाच्ने आधार पनि सम्बोधन गरिनु पर्छ। भ्रष्टाचार र बिसंगतिहरुका बिरुद्धमा खरो रुपमा उत्रन पत्रकारहरु अहोरात्र संघर्ष गर्नैपर्छ चाहे त्यो आन्तरिक वा वाह्य किन नहोस ।
प्रतिकृया