दमक । सरकारले मुल्यबृद्धि गरेको र स्थानीय तहको निर्वाचन नगर्ने षड्यन्त्र गरेको भन्दै नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ र अनेरास्वबियुले आज झापाको दमकमा विरोध प्रदर्शन गरेका छन् ।
दमकको डाँफेमुनाल चौकमा भेला भएका युवा संघ र अनेरास्वबियुका नेता कार्यकर्ताले विरोध गरेका हुन् ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, महंगी, राज्यको जिम्मेवार तहमा बसेका व्यक्तिहरुको असंवैधानिक अभिव्यक्ति र स्थानीय तहको निर्वाचन नगर्ने चलखेलका विरुद्धमा विरोध प्रदर्शन गरेको राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज शम्भु भण्डारीले जानकारी दिनुभयो ।
विरोध प्रदर्शनलाई राष्ट्रिय युवा संघ नेपालकी पूर्व केन्द्रीय सचिव सुनिता कार्की, जिल्ला अध्यक्ष सागर पोर्तेल, अनेरास्वबियुका केन्द्रीय सदस्य दिपेश दाहाल र अनेरास्वबियु जिल्ला अध्यक्ष रोशन लामा लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रम युवा संघ दमक नगर सचिव विवेक शर्मा भट्टराईले संचालन गरेका थिए।
प्रतिकृया