झापा/ नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशी विदेशी प्रतिक्रियावादीहरुसँग लड्न एमाले सरकार आवश्यक भएको बताएका छन् ।
आइतबार झापाको शिवसताक्षी–८ स्थित वाटर किङ्गडम पार्क एण्ड रिसोर्टको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले भने, “मुलुक संमृद्धितिर जाने देखेर देशी विदेशी मिलेर षढ्यन्त्र गरेर एमाले सरकार ढाले ।” अहिले जनादेशबाट होईन मठाधेशबाट बनेको सरकार छ ।यसले जनताका लागि केहि गर्न सक्दैन् । उनले एमाले सरकार बने जनताले विदेशीसँग कहिल्यै पनि शिर झुकाउनु नपर्ने बताए ।
अध्यक्ष ओलीले संमृद्ध नेपाल र सुखी नेपालीका लागि पनि एमाले सरकार आवश्यक भएको बताउँदै विकास निर्माणका लागि एमाले सरकार बन्नु पर्ने बताए । अध्यक्ष ओलीले नेकपा एमाले भएसम्म जनताले चिन्ता गर्नु पर्दैन भन्दै अबको एक वर्षपछि एमालेको सरकार बन्ने दाबी समेत गरे ।
उनले अबको पाँच बर्षपछि देश कसरी बन्दो रहेछ हेर्नुहोला भन्दै देश विकासका लागि एमालेको सरकार बनाउन लागि पर्न नेता कार्यकर्तालाई निर्देशन समेत दिए । त्यस्तै अध्यक्ष ओलीले पर्यटन विकासको लागि वाटर पार्क निर्माणले ठूलो योगदान दिने धारणा समेत राखे ।
उनले वेद, उपनिशद, पुराण लगायतको रचना पनि एक नम्बर प्रदेशमै भएको भन्दै उनले एक नम्बर प्रदेशलाई विद्धानहरुको प्रदेशको संज्ञा समेत दिए । वाटर किङ्गडम पार्ककी सिइओ मेनुका संग्रौलाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा एमाले नेताहरु राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल, पूर्व मन्त्री अग्नी खरेल, नेकपा एमाले झापा जिल्ला अध्यक्ष दिपक कार्की, शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा लगायतको उपस्थिति रहेको थियो ।
अध्यक्ष ओलीलाई झिलझिले चोकबाट बग्गीमा राखेर तामझामका साथ बाजागाजासहित वाटर किङ्गडमसम्म लगिएको थियो । अध्यक्ष ओली आइतबार झापाका अन्य तीन कार्यक्रममा पनि सहभागी भएका थिए । नागरिक देैनिकबाट
प्रतिकृया