दमक। पाँचथरको फालेलुङमा यहि २५ गतेदेखि शुरु हुने प्रदेश १ स्तरीय अन्तर पालिका फालेलुङ कप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। फालेलुङ-२ स्थित पञ्चमुखी खेल मैदानमा हुने सो प्रतियोगितामा प्रदेश १ का ८ टिमको सहभागिता रहने आयोजकका अध्यक्ष मदन थोक्लिहाङले जानकारी दिनुभयो।
प्रतियोगितामा दमक नगरपालिका, झापा गाउँपालिका, आमचोक गाउँपालिका, सिदिङ्बा गाउँपालिका, देउमाई नगरपालिका, मिक्लाजुङ गाउँपालिका, फुङ्लिङ नगरपालिका र आयोजक फालेलुङ गाउँपालिकाको सहभागिता रहेको आयोजक जनाएको छ।
तीन दिनसम्म चल्ने सो प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार, उप-विजेताले नगद एकाउन्न हजार, तेश्रो हुने टिमले नगद पच्चीस हजार र चौथौ हुने टिमले नगद दश हजार प्राप्त गर्ने छन्। प्रतियोगिताको आयोजना शिवदेन छातेढुङ्गा युवा क्लबले गरेको हो।
प्रतिकृया