दमक। सिके राउतको जनमत पार्टीले झापामा चक्काजाम गरेको छ । सो पार्टीको केन्द्रीय सदस्य कौशिला महतोको नेतृत्वमा झापाको कमल गाउँपालिका – ५ पाडाजुँगीमा जनमत पार्टीका नेताकार्यकर्ताले नारा जुलुससहित चक्काजाम गरेका हुन् ।
सो पार्टीले चक्काजाम गर्ने सूचना प्रहरीले पहिले नै पाएका कारण महेन्द्र राजमार्गमा लामोसमयसम्म चक्काजाम भने हुन सकेन । उनीहरूले नाराजुलुस गर्नु अघि नै निगरानी बढाएको थियो।
आन्दोलनकारीले यातायात संचालन हुन नदिने भन्दै सबारी साधन रोकेपछि प्रहरीले बल प्रयोग गरेर यातायात संचालनलाई सहज बनाएको थियोे । सरकारले किसानलाई समयमै मल बीउ नदिएको भन्दै सो पार्टीले देश व्यापी आन्दोलन गरिरहेको छ । सो क्रममा पार्टीका अध्यक्ष भोटलाल राजवंंशी, सचिब विजय कुमार ताजपुरिया लगायत नेताकार्यकर्ताको उपस्थिति रहेको थियोे ।
सरकारले किसानहरूको मागको सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने सचिब ताजपुरियाले शुभदिनलाई बताए । उनका अनुसार सो पार्टीले भोलि पनि चक्काजाम गर्नेछ ।
प्रतिकृया